

-
पोखरा : पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्ने छन् ।
उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आएका छन् । भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा आइसकेका छन् । सबै खेलका लागि खेलाडी तथा अफिसियल पनि पोखरा आइपुगेका छन् ।
यसअघि कुल ७ हजार ७ सय ९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए । प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन् ।
नवौँ राष्ट्रिय खेलकुदको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको सदस्यसचिव घिसिङले जानकारी दिए । उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी छ । त्यस्तै ११ वटै टोलीको मस्कटसहित मार्चपास, ओलम्पिक टर्च प्रज्ज्वलनलगायत तयारी गरिएको छ ।
औपचारिकरूपमा आज उद्घाटन हुने भए पनि केही खेल यसअघि नै सुरु भइसकेका छन् । हालसम्म बागमती प्रदेशले चार स्वर्ण र एक रजत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण र तीन रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एक स्वर्ण, तीन रजत र छ कास्य प्राप्त गरेको छ । त्यस्तै सुदूरपश्चिमले एक स्वर्ण र तीन कास्य, नेपाल पुलिसले एक स्वर्ण, प्रदेश नं १ ले तीन कास्य तथा आयोजक गण्डकी प्रदेशले एक कास्य प्राप्त गरिसकेको छ । प्रतियोगितामा कुल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय रहेको बताइएको छ ।
कोरोना, स्थानीय निर्वाचनलगायतका कारण २०७७ सालमा नै हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद ढिलै भए पनि यसको काउन्डाउन आज सकिएको छ । यसअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो ।
महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व खेलकुदका गतिविधिसँगै नेपालको राष्ट्रिय खेलकुद पनि प्रभावित बनेको थियो । पछिल्लो समय स्थानीय निर्वाचनका कारण पनि खेलको मिति पुनः सरेको थियो । आज हुने उद्घाटन समारोहलाई विशेष बनाउने गरी सबै किसिमको तयारी भएको नवौँ राष्ट्रिय खेलकुद प्रचार–प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए ।
विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको छ । खेलकुदको उद्घाटन हुने दिन आज बिहानैदेखि पोखराको मौसम खुलेको छ ।
छत्तीस खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका अरु जिल्लामा गर्ने गरी तय भएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिए । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन हुनेछन् ।
News Desk 0 response शुक्रबार, अशोज २८, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


