• काठमाडौं । सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई प्रतिनिधि सभाको सात र प्रदेश सभाको १६ वटा सिट दिने सहमति भएको छ । हिजो शनिवार बिहानदेखि बेलुकीसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबाट यस्तो सहमति भएको हो ।

    सहमतिअनुसार लोसपाले प्रतिनिधि सभामा सप्तरी २, बारा ३, पर्सा १, धनुषा ३, महोत्तरी २ र ३ तथा सर्लाही १ पाएको छ । यस्तै सर्लाही २ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

    यो क्षेत्र सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रको भागमा परेको छ । यस्तै प्रदेश सभा अन्तर्गत सप्तरी २ क, सिरहा ४ ख, धनुषा १ ख, धनुषा २ क, रौतहट २ क, बारा २ क, बारा ४ ख, महोत्तरी १ क, महोत्तरी २ क, महोत्तरी ३ क र ख, महोत्तरी ४ क, सर्लाही १ क, सर्लाही २ ख र सर्लाही ४ ख लोसपालाई दिने सहमति भएको छ ।

    सहमतिपत्रमा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्त ठाकुरले हस्ताक्षर गरेका छन् । जनता समाजवादी पार्टी जसपा बाहिरिएपछि लोसपा गठबन्धनमा सहभागी भएको हो ।

    यी हुन् लोसपाका ८ जना उम्मेदवार, राजेन्द्र महतोले पाएनन् सत्ता गठबन्धनको साथ

    लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रतिनिधिसभाका उम्मेदवार तय गरेको छ । सत्ता गठबन्धनसँगको तालमेलमा पाएको ७ सिटमा लोसपाले उम्मेदवार खडा गरेको हो । सप्तरी १ मा जयप्रकाश ठाकुुर, धनुषा ३ मा अनिलकुमार झा, महोत्तरी २ मा शरदसिंह भण्डारी, महोत्तरी ३ मा महन्थ ठाकुर, सर्लाही १ मा रामप्रकाश चौधरी, सर्लाही २ मा राजेन्द्र महतो, बारा ३ मा प्रमोद गुप्ता र पर्सा १ मा लक्ष्मणलाल कर्ण उम्मेदवार भएका छन् ।

    सत्ता गठबन्धन र लोसपाबीच सर्लाही २ मा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । सर्लाही २ मा सत्ता गठबन्धनबाट माओवादीको चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष महिन्द्रराय यादव उम्मेदवार बनेका छन् ।