• काठमाडौं : साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोल अन्तरले हराएको छ ।

    दशरथ रङ्गशालामा भएको खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले खेलको नवौँ मिनेटमा पहिलो गोल गरिन् । यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । यस्तै खेलको १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गोल गरिन् । यस्तै अनिशा कार्कीले खेलको ७६ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् ।

    यो जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा भुटानलाई चार–शून्यले हराएको थियो । यही समूहबाट भुटान यसअघि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यस्तै समूह ‘ए’ बाट भारत र बङ्गलादेश अन्तिम चारमा गइसकेका छन् ।