

-
काठमाडौं : दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएको छ । नेपालले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयो ।
केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार, सोमपाल कामीले तीन तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले एक/एक विकेट लिए ।
यसअघि नैरोबीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रन बनाए । यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका कप्तान शेम एनगोचे र विराज पटेलले दुई/दुई विकेट लिए ।
जितसँगै नेपालले तीन खेलको शृङ्खलामा दुई–शून्यको अग्रता लिएको छ । योसँगै नेपालले एक खेलअघि नै शृङ्खला आफ्नो पक्षमा पारेको छ । तेस्रो खेल पर्सि सोमवार हुनेछ ।
News Desk 0 response शनिबार, भदौ १८, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


