

अनावश्यक भर्ती समस्याले सार्वजनिक संस्थान चुर्लुम्मै
हालसम्म सार्वजनिक संस्थानमा राज्यको ५ खर्ब १९ अर्ब रुपैयाभन्दा बढी लगानी भइसकेको छ । नाफायोग्य क्षेत्रमा लगानी गरिएको भए पनि विभिन्न पार्टीका नाममा खोलिएर ट्रेड युनियन र भ्रातृ संस्थाले कार्यकर्ता भर्ति केन्द्र बनाएपछि संस्थान थला परेका हुन् ।
-
काठमाडौं । सार्वजनिक संस्थान कार्यकर्ता भर्ती केन्द्र वनाउँदा डामाडोल भएका छन् । सरकार परिवर्तनसँगै आवश्यक भन्दा धेरै कर्मचारी भर्ती गर्ने परिपाटीले संस्थानहरु डुवेका हुन् ।
नेपालमा २०४६ सालसम्म ६६ वटा सार्वजनिक संस्थान थिए । तर त्यसपछि आर्थिक उदारीकरणका नाममा सररकारले एकै पटक ३० वटा संस्थानको निजीकरण गर्यो । त्यस्ता अधिकांश संस्थान बन्द भए । अहिले पनि देशभर ४४ वटा सार्वजनिक संस्थान छन् । तीमध्ये ४२ वटा सञ्चालनमा छन् तर १६ वटा लामो समयदेखि घाटामा छन् । घाटाका संस्थानको अवस्था सुधार गर्न भन्दै गत आर्थिक वर्षको बजेटमार्फत सरकारले रणनीतिक साझेदार भित्र्याएर सेयरसमेत जारी गर्ने घोषणा गरेको थियो । तर एक वर्ष वित्दा पनि सरकारले त्यो काम अघि बढाउन सकेको छैन ।हालसम्म सार्वजनिक संस्थानमा राज्यको ५ खर्ब १९ अर्ब रुपैयाभन्दा बढी लगानी भइसकेको छ । नाफायोग्य क्षेत्रमा लगानी गरिएको भए पनि विभिन्न पार्टीका नाममा खोलिएर ट्रेड युनियन र भ्रातृ संस्थाले कार्यकर्ता भर्ति केन्द्र बनाएपछि संस्थान थला परेका हुन् । लामो समयदेखि घाटामा चल्दै आएका सार्वजनिक संस्थानलाई माथि उठाउन सरकारले प्रभावकारी पहल गरेको छैन । न त संस्थानहरु आफैंले भावी योजनाको स्पष्ट खाका नै बनाउन सकेका छन् ।
चरम राजनीतिका कारण धरासायी भएका सार्वजनिक संस्थानलाई माथि उकास्न सरकारले निजी क्षेत्रसाग सहकार्य गर्ने भने पनि सफल भएको छैन । व्यवस्थापनमा राजनीतिक दलकै नियन्त्रण हुने हुादा घाटामा गएका संस्थान नाफामा जान नसक्ने विज्ञहरुको बुझाई छ । राज्यको उपस्थिति बजारमा देखाउन पञ्चायतकालमा सार्वजनिक संस्थान स्थापना गरिएको थियो । तर बहुदलीय व्यवस्थापछि सार्वजनिक संस्थानको विषयमा कुनै पनि राजनीति दलले स्पष्ट धारणा बनाउन सकेनन् ।
News Desk 0 response आइतवार, साउन २२, २०७९

सम्बन्धित शीर्षकहरु
-
निजामती कर्मचारीलाई अर्धमासिक तलब भुक्तानी प्रणाली लागू
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेशमा सरकारको खराब नियत छैन : कविन्द्र..
बुधबार, बैशाख १६, २०८३ -
काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा
बुधबार, बैशाख १६, २०८३ -
वर्षाले प्रभावित खेलमा ओमानसँग हार्यो नेपाल
बुधबार, बैशाख १६, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३
-
निजामती कर्मचारीलाई अर्धमासिक तलब भुक्तानी प्रणाली लागू
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेशमा सरकारको खराब नियत छैन : कविन्द्र..
बुधबार, बैशाख १६, २०८३ -
काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा
बुधबार, बैशाख १६, २०८३ -
वर्षाले प्रभावित खेलमा ओमानसँग हार्यो नेपाल
बुधबार, बैशाख १६, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३



