

-
काठमाडौं : चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरिको केबलकार सेवा सुरक्षित रहेको बताएको छ ।
आज शुक्रवार पत्रकार सम्मेलन गरेर समितिले केबलकार सुरक्षित रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले केबलकारको बारेमा सञ्चारमाध्यममा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरि केबलकार चढ्न हिचकिचाउनु नपर्ने बताए ।
उनले भने, ‘केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी हो । यसमा सुरक्षाको हिसाबले कुनै पनि कुराको कन्जुस्याईं गरिएको छैन । यो शतप्रतिशत सुरक्षित छ । केही समयअघि मात्रै राष्ट्रिय सभाका अध्यक्ष चढेको बेलामा रोकिएको थियो । तर केही समयमै यो समस्या समाधान हुन्छ ।’
केही समयअघि मात्र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना केबलकार चढ्दा रोकिएपछि सञ्चारमाध्यममा चन्द्रागिरि केबलकारको बारेमा नराम्रा समाचार प्रकाशित भएकोप्रति आफ्नो ध्यान गएको अध्यक्ष ढकालले बताए । आम नागरिकलाई केबलकारको बारेमा वास्तविक जानकारी र सूचना दिन नसक्दा यो समस्या आएको उनको बुझाइ छ । केबलकारमा समस्या आउने तर ती समस्या तत्काल समाधान हुने उनले बताए ।
बत्ती जाँदा केबलकार रोकिन सक्ने, रोकिएमा जेनेटरको प्रयोग गरिने र जेनेटर पनि बिग्रिए आपत्कालीन इन्ड्राइभरमार्फत यात्रुलाई गन्तव्यमा ल्याउन सक्ने ढकालले बताए । केबलकार रोकिँदा सिरानमा रहेका यात्रुलाई बस्न चाहे रिसोर्टको व्यवस्था रहेको र नबस्ने भए पनि गाडीमार्फत तलसम्म ल्याउने व्यवस्था रहेको उनको भनाइ छ ।
सामान्यतया विद्युत् आपुर्ति बन्द भएको अवस्थामा तथा पानी, चट्याङ परेको अवस्थामा केबलकार कहिलेकाहीँ अचानक बन्द हुने गर्छ । चन्द्रागिरिमा अहिले ३८ ओटा गन्डोला सञ्चालनमा छन् । भालेश्वर महादेवको दर्शन गर्न, घुम्न र चन्दागिरिबाट काठमाण्डौ उपत्यका नियाल्न दैनिक हजारौँ मानिस त्यहाँ पुग्ने गरेका छन् ।
News Desk 0 response शुक्रबार, साउन १३, २०७९

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



