• काठमाडौँ : साफ २० वर्षमुनिको पुरुष च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।

    खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा ७ बजे सुरु हुनेछ । सोमवार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले हराएको थियो ।

    पहिलो खेलमा श्रीलङ्का बङ्गलादेशसँग १-० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, मालदिभ्स, श्रीलङ्का र बङ्गलादेश सहभागी छन् ।

    नेपालले तेस्रो खेल भारतसँग आउँदो आइतबार र अन्तिम खेल बङ्गलादेशसँग मङ्गलवार खेल्नेछ ।

    शीर्ष दुई टोलीले उपाधिका लागि अर्को शुक्रवार खेल्नेछन् ।