

-
काठमाडौं ।
भूमि ब्यवस्थापन तथा अभिलेख बिभागले रौतहटको चन्द्रनिगाहपुर मालपोत कार्यालयमा अनलाईन सेवा सुरु गरेको छ । देशका बिभिन्न १३१ कार्यालय मध्ये अनलाईन सेवा सुरु गरेको यो ७६औं कार्यालय हो ।
मालपोत कार्यालयको गतिबिधि प्रत्यक्षरुपमा बिभाग र मन्त्रालयले हेर्नेमिल्ने गरी बनाईएको यो सेवापछि मालपोत कार्यालयमा पारदर्शीता बढ्ने गरेको सेवाग्राहीको भनाई छ । बिभागबाटै सिधै अनुगमन गर्न सकिने कारण मालपोत कार्यालय थप जिम्मेवारी हुने भूमि ब्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक गोकर्णमणी दुवाडीले बताए । अनलाईन सेवाको शुभारम्भ गर्दै महानिर्देशक दुवाडीले आगामी दिनमा मालपोत कार्यालयहरुलाई अझै स्मार्ट बनाउँदै लैजाने बताए । दुवाडी महानिर्देशक बनेसँगै मालपोत कार्यालय स्माट बन्ने क्रम बढेको छ ।
यस्तो हुन्छ अनलाईन सेवामा
अनलाईन प्रणालीमा जग्गा पास गर्न पनि अहिलेको व्यवस्थाले तमसुक (लेखापढी व्यावसायीले लेखिदिने जग्गा किनबेचको कागजी प्रमाण) भने लेख्नैपर्छ। पूर्णरुपमा अनलाईनमा गईयो भने तमसुक लेख्ने झञ्झट पनि सकिन्छ।
तमसुक लेखिसकेपछि त्यसैको आधारमा अनलाईन प्रणालीमा दर्ता गरिन्छ। आफ्नो सक्कल नागरिकतासहित तमसुक पनि कम्प्युटर अपरेटरलाई दिएपछि अपरेटरले तमसुक अनुसारको सबै विवरण अनलाईनमा ईन्ट्री गर्छन्। त्यसपछि मालपोत अधिकृतले त्यसलाई प्रमाणीकरण गर्छन्। मालपोत अधिकृत पछि प्रमुख मालपोत अधिकृतले पनि प्रमाणीकरण गर्छन्।
त्यसपछि भने जग्गा किन्ने बेच्ने मानिस र दुईजना साक्षीको कम्प्युटरले फोटो खिच्छ। विद्युतीय औँठाछाप पनि लिईन्छ। औँठाछाप र नागरिकता नम्बरमा सबै डाटा सुरक्षित गरिन्छ।
एकपटक अनलाईनमा रखिएको डाटा अर्को पटक किनबेच गर्दा झनै छिटो हुन्छ। अहिलेको अनलाईन प्रणालीको अफलाईन रेकर्ड पनि राख्ने हुँदा दुई तीन घण्टासम्म समय लाग्छ। अनलाईनमा रखिएको डाटा अर्कोपटक किनबेच गर्दा भने एक घण्टा पनि समय नलाग्ने सोती बताउँछन्।
अनलाईन प्रणालीमा काम गर्दा जनशक्ति पनि थोरै चाहिने र काम पनि धेरै छिटो हुन्छ। जग्गामा मोही लागेको छ की, हदबन्दी छ की सबै कुरा कम्प्युटरमा हात राख्ने बित्तिकै थाहा पाईन्छ। कसको जग्गा कति छ भन्ने पनि एक क्लिकमा थाहा पाईन्छ।
News Desk 0 response आइतवार, साउन ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३




