

-
झापा : मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उपाधिसँगै उहाँले रु एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा केरखामा शनिबार आयोजित खेलमा टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराउँदै उपाधि हात पारेका हुन् । नेपाल रिङ रेस्लिङ सङ्घले संयोजन गरेको प्रतियोगिता १ नं प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो ।
प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जितेका छन् । उनले उपाधिसहित नगद रु एक लाख प्राप्त गरेका छन्। डेविडले चट्टानलाई हराउँदै उपाधि जितेका हुन् । ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्तरूपमा विजेता बनेका छन् । उपाधिसहित दुवैले रु ७५ हजार प्राप्त गरेको आयोजक कमिटीले जनाएको छ । उनीहरुले स्पाइडरम्यानको जोडीलाई हराएका थिए ।
मिडल वेट म्याचको च्याम्पियन साइन बने । उनले बाकालाई हराउँदै उपाधिसहित रु ९५ हजार प्राप्त गरेका छन् । महिला म्याचको विजेता आकृति बनिन् । उनले रु ७० हजार जितेकी छन् । आकृतिले तनुलाई हराएकी छन् । लाइट वेट म्याचतर्फ सुजल रिलामी विजेतासँगै रु ६० हजार प्राप्तगरेका छन् ।
प्रतियोगिताका विजेतालाई एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, पूर्वकानुनमन्त्री अग्नि खरेल, नेकपा (एमाले) का नेता देवराज घिमिरे, सांसद एलपी साँवा, एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखे, सङ्घका महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।
News Desk 0 response आइतवार, असार १९, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


