

-
काठमाडौं : अस्ट्रेलियासँगको तेस्रो टी–२० क्रिकेटमा श्रीलङ्का विजयी भएको छ । श्रीलङ्काले तेस्रो टी–२० मा अस्ट्रेलियालाई ४ विकेटले हरायो ।
जितको लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । श्रीलङ्काका कप्तान दासुन शनका ५४ रनमा अविजित रहे । पाथुम निसङ्काले २७ र चरिथ असलङ्काले २६ रन जोडे ।
अस्ट्रेलियाका जोश हेजलवुड र मार्कस स्टोइनिसले २र२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । अस्ट्रेलिया स्टिभ स्मिथ ३७ रनमा अविजित रहे ।
डेविड वार्नरले ३९ र मार्कस स्टोइनिसले ३८ रन जोडे । श्रीलङ्काका महेश थेक्सनाले दुई तथा वानिन्दु हसरङ्गाले एक विकेट लिए । तीन टी–२० खेलको श्रृङ्खला अस्ट्रेलियाले २–१ ले जितेको छ । अस्ट्रेलिया पहिलो खेलमा १० र दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो ।
News Desk 0 response आइतवार, जेष्ठ २९, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


