

-
काठमाडौं । कीर्तिपुरमा रहेको त्रिभुवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोलीले मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ ।
एसिया कप छनोट हुने लक्ष्यकासाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीव्रता दिइरहेको हो । पछिल्लो पटक युगान्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गरेको भन्दै प्रशिक्षक जगत टमाटाले टोली च्याम्पियन भएर स्वदेश फर्किने बताए ।
मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय टोलीले अभ्यास गरिरहेको छ । पछिल्ला पटक सम्पन्न युगान्डासँगको श्रृङ्खलामा भएका कमी कमजोरी सुधार गर्न टोली तल्लिन छ । त्यही श्रृङ्खलापछि टोलीले मुख्यतया फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेको छ ।
मुख्य प्रशिक्षक टमाटाले मौसमको चुनौती भए पनि अभ्यासलाई निरन्तरता दिइरहेको बताए । उनले फिटनेस र फिल्डिङमा केन्द्रित रहेर च्याम्पियनसिपका लागि कडा मिहनेत गरिरहेको बताए।
एसियन क्रिकेट काउन्सिल ९एसीसी० को आयोजनामा हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियामा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिङ्गापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । आयोजकले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।जसअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराइन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह ुएु मा मलेसिया, ओमान, कतार, सिङ्गापुर र यूएई समावेश छन्।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्ता रुविना क्षेत्रीले च्याम्पियनसिप नेपाली टोलीका लागि चुनौतीपूर्ण भएको बताइन् । उनले नेपाली महिला टोली ट्रफी लिएर स्वदेश फर्किने प्रतिबद्धता जनाइन् । त्यसका लागि खेलाडीले यसअघि गरेको र कमी कमजोरी सुधार गरेको पनि उनले बताइन् ।
समूहको प्रतिस्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणको प्रतिस्पर्धापछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोवरमा आयोजना हुने महिला टी–२० एसिया कपमा छनोट हुनेछन् ।
प्रतिस्पर्धामा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतसँग र तेस्रो खेल जुन २० मा बहराइनविरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
News Desk 0 response शनिबार, जेष्ठ २८, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


