

-
काठमाण्डौ : राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा गएराति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनल पुगेको हो ।
बेङ्ग्लोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । राजस्थानका जोस बट्लरले अविजित १ सय ६ रनको शतकीय पारी खेले । कप्तान सञ्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन बनाए ।
बेङ्ग्लोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरङ्गा डी सिल्भाले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । बेङ्ग्लोरका रजत पटीदारले ५८ रनको अर्धशतकीय पारी खेले ।
कप्तान फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३र३ विकेट लिए । अब भोलि हुने फाइनलमा राजस्थान र गुजरात टाइटन्स खेल्ने भएका छन् । गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगेको थियो ।
News Desk 0 response शनिबार, जेष्ठ १४, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


