• चितवन : चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरको उमेद्वार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर कायमै राखेकी छिन् ।

    ताजा मत परिणामअनुसार दाहाल ११ हजार तीन सय ७२ मतले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि छिन् । दाहालले ४६ हजार आठ सय ९९ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी सुवेदीले ३५ हजार पाँच सय २७ मत ल्याएका छन् ।

    यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा २० हजारभन्दा धेरै मतले अगाडि छन् ।