• काठमाण्डौ । स्थानिय निकाय अन्तर्गत पालिका चुनाव–२०७९ को अहिलेसम्म ६ सय १४ वटा पालिकामा अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। पछिल्लो प्राप्त विवरण अनुसार २ सय वटा नगरपालिका र ४ सय १९ वटा गाउँपालिका गरी ६ सय १९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

    प्राप्त विवरण अनुसार अहिलेसम्म नेपाली कांग्रेस पहिलो दलको रुपमा उदाएको छ भने एमाले अघिल्लो चुनाव भन्दा निक्कै पछाडी दोश्रो दलमा सिमित भएको छ । त्यसैगरी माओवादी केन्द्र भने अघिल्लो चुनावभन्दा केही सफलताका सात तेश्रो स्थानमा देखिएको छ ।

    नेपाली कांग्रेस
    अहिलेसम्म नेपाली कांग्रेस २ सय ७५ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ९९ वटा नगरपालिकाको मेयर र १ सय ७६ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

    यस्तै, कांग्रेसले ७४ वटा नगरपालिकाको उपमेयर र १ सय ७७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले अहिलेसम्म २ सय ५१ पालिकामा उपमेयर तथा उपाध्यक्षमा जित निकालेको छ।

    नेकपा एमाले
    एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५७ वटा नगरपालिकाको मेयर र १ सय १३ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय ७० वटा पालिकाको प्रमुख पद जितेको छ ।

    यस्तै, एमालेले ७५ वटा नगरपालिकाको उपमेयर, १ सय १६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले अहिलेसम्म १ सय ९१ वटामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

    माओवादी केन्द्र
    नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २८ वटा नगरपालिकाको उपमेयर, ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय १७ वटा उपमेयररउपाध्यक्ष जितेको छ ।

    नेकपा (एकीकृत समाजवादी)
    नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर र ८ वटा गाउँपालिकाको अध्यक्षमा गरी जम्मा १४ वटा प्रमुखमा जितेको छ । समाजवादीले ८ वटामा उपमेयर जितेको छ ।

    जसपा
    जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १५ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १३ वटामा उपाध्यक्ष÷उपप्रमुख पद जितेको छ ।

    स्वतन्त्र/अन्य दल
    यस्तै, स्वतन्त्र र अन्य दलले गरी ३३ वटा पालिकामा मेयररअध्यक्ष जितेका छन् । स्वतन्त्र र अन्य दलहरुले ३९ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका निर्वाचन आयोगले जनाएको छ।