• चितवन : चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छिन् । रेणु एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३ हजार २६४ मतले अगाडि छिन् ।

    पछिल्लो मत परिणाम अनुसार ४५ हजार ७६२ मत गणना हुँदा दाहालले १७ हजार २९० मत ल्याउनु भएको छ । एमालेका विजयी सुवेदीले १४ हजार २६ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ४० मत ल्याएका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १९ हजार ८४८ मत पाउँदा राप्रपाका हिमला गुरुङले ११ हजार २११ मत पाएका छन् ।