• काठमडौं : भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर निरन्तर बढाउँदै लगेकी छिन् ।

    पछिल्लो पटक प्राप्त विवरण अनुसार रेनुले विजय सुवेदीलाई १३४४ मतले पछि पारेकी छन्।

    २६ हजार २६ मत गनिसक्दा रेनुले ९३६३ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ८०१९ मत पाएका छन्।

    यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१९१ मत पाएका छन्।

    यस्तैगरी उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी १११३६ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ६५३५ मत ल्याएर पछ्याइरहेकी छन्।

    भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल छ। भरतपुरमा अहिले वडा नम्बर ६ को मत गणना भइरहेको छ।