• कास्की : पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन्।

    आचार्यले एक हजार पाँच सय ८५ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कृष्णा थापाले एक हजार चार सय ८० मतसहित पछ्याइरहेका छन् ।

    यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले एक हजार ६ सय ७६ मतसहित अग्रता लिइरहेकी छिन् । एमालेकी मन्जुदेवी गुरुङले एक हजार पाँच सय ३२ मत प्राप्त गरेकी छिन् ।