

-
काठमाण्डौ : जिम्बावे ‘ए’ सँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट नेपालले जितेको छ । जिम्बावे ‘ए’ ले दिएको दुई सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो ।
नेपालका लागि कुशल भुर्तेलले ६१ बलमा ८४ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ६०, आशिफ शेखले २९ र विनोद भण्डारीले नटआउट २८ रन बनाए । बलिङतर्फ जिम्बावे ‘ए’ का ब्रान्डन मभुताले तीन विकेट लिए ।
यसअघि त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावे ‘ए’ ३२ ओभर १ बलमा दुई सय १३ रनमा अलआउट भयो । उसका लागि तालिवोनाशे मरुमानीले ५०, कुदजाई मौनजीले ३९ र रोए कायाले ३६ रन बनाए । बलिङतर्फ नेपालका किशोर महतोले पाँच विकेट लिए । त्यस्तै सोमपाल कामीले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
वर्षाका कारण मैदान चिसो भएका कारण आजको खेल ३३ ओभरमा झारिएको थियो ।
आजको जितसँगै नेपालले तीन खेलको एकदिवसीय शृङ्खला दुई–एकले जितेको छ । प्रतियोगितामा नेपालका करण केसी प्लेयर्स अफ दि सिरिज घोषित भए । यसअघि तीन खेलको टी–२० शृङ्खलामा एक–एकको बराबरी भएको थियो ।
News Desk 0 response सोमवार, बैशाख २६, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


