

-
काठमाण्डौ : नेपालसँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर २ बलमा एक विकेट गुमाउँदै भेट्टायो ।
नेपालका सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । त्यस्तै आसिफ शेखले अविजित ३४ र विनोद भण्डारीले ४ रन जोडे । जिम्बाब्वेका ब्राण्डन माभुताले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३१ ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । जिम्बाब्वेका जनथान क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रनमा अविजित रहे । नेपालका सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरे । करण र सोमपालले ३र३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए ।
हिजो भएको पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । आजको जितसँगै नेपालले तीन खेलको श्रृंखलामा एक÷एकको बराबरी गरेको छ । अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ । यसअघि भएको तीन टि–२० अभ्यास खेल पनि एकरएक को बराबरीमा सकिएको थियो । दोस्रो टि–२० वर्षाका कारण प्रभावित भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एकदिवसीय र तीन टी–२० श्रृंखला खेलेको हो ।
News Desk 0 response शनिबार, बैशाख २४, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


