

-
काठमाडौं । जारी आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पहिलो जित हासिल गरेको छ । अन्तिम ओभरमा टिम डेभिडको तीव्र ब्याटिङको मद्दतमा राजस्थानलाई पाँच विकेटले हराएर मुम्बईले आईपीएल २०२२ मा खाता खोलेको हो । लगातार आठौं हारपछि मुम्बईको यो पहिलो जित हो ।
राजस्थानले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईको सुरुवात राम्रो थिएन । कप्तान रोहित शर्मा केबल २ रनमा आउट भएका थिए । पावरप्लेको अन्तिम ओभरमा मुम्बईका दोस्रा ओपनर इशान किसान पनि २६ रन मात्रै बनाएर आउट भएका थिए ।
त्यसपछि सूर्यकुमार यादव र तिलक बर्माले अर्धशतकीय पारी खेले । सूर्यकुमारले ५१ रन बनाए भने बर्मा ३५ रनमा आउट भए । कायरन पोलार्डले १० रन बनाएका थिए । ९ बल सामना गरेका टिम डेभिडले दुई चौका र एक छक्काको मद्दतमा अविजित २० रन बनाए ।
डेनियल साम ६ रनमा अविजित रहे । अन्तिम ओभरमा टिम डेभिडको तीब्र ब्याटिङको मद्दतमा मुम्बईले ५ विकेटको क्षतिमा १६१ रन बनाएर जित हासिल गर्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बटलरले ६७ रन बनाए । देवदत्त पड्डिकलले १५ रन, कप्तान सन्जु सामसनले १६ रन र रविचन्द्र आश्विनले २१ रन बनाए ।
News Desk 0 response आइतवार, बैशाख १८, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


