

-
काठमाडौं ।
नेपाली काँग्रेसले भोटेकोशी गाउँपालिका लागि अध्यक्षको उम्मेदवार बनाएका व्यक्ति अबैध धन्दामा लाग्ने गरेको खुलासा भएको छ । नेपालमा अवैध मानिएको गाईको मासु काटेर चीनतर्फ निकासी गर्ने आरोप लागेका पासाङनुर्पू शेर्पा ज्यान मार्ने उद्योगमा पक्राउ परेका व्यक्ति हुन् ।
रहस्यमय ढंगले आर्थिक उपार्जन गरेका उनलाई २०७४ माघ १५ गते बौद्धमा आफ्नै साथी म्याङ राप्गेल शेर्पालाई धारिलो हतियार प्रहार गरेर फरार भएको आरोप छ । सोही अभियोगमा उनी पक्राउ परेका थिए । २०७५ कात्तिमा उनलाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ का लामाबिरुद्ध काठमाण्डौंको बौद्धमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।
भारततर्फ भाग्दैगर्दा विमानस्थल प्रहरीले शेर्पालाई पक्राउ गरेको थियो । सो बेला आर्थिक चलखेलका आधारमा थुनामुक्त भएका थिए । बौद्ध प्रहरी कार्यालयका तत्कालिन डिएसपी नरेन्द्र चन्दले शेर्पाको अपराधमा संलग्नता भएको जिकिर गरेका थिए । नेपाली काँग्रेसका नेताको भनसुनमा प्रहरी थुना बाट मुक्त भएका उनी त्यही बेलादेखि काँग्रेसका सम्पर्कमा आएको उनका नजिकका साथीहरु बताउँछन् ।उनले अबैधरुपमा आर्जन गरेको सम्पत्तिले काँग्रेस सभापति शेरवहादुर देउवादेखि काँग्रेस सिन्धुपाल्चोकका नेता मोहन बस्नेतसम्मलाई प्रभावमा पारेर टिकट हात पारेको भोटेकोशीका काँग्रेसी नै बताउँछन् । उनले टिकट पाउनासाथ धेरै काँग्रेस कार्यकर्ताले पार्टी छोडेका छन् ।
फरार अवस्थामा रहेका शेर्पाका अन्य सहयोगीहरु सोही ठाउँका सुन्दर तामाङ,दावा तामाङ बाङछेन शेर्पा पनि रहेको प्रहरीको भनाई छ । गाउँकै एक ब्यक्तिलाई हत्या गर्ने योजनासहित आक्रमण गरेका उनीहरुले नेपालमा अबैध काम गर्ने गरेको स्थानीय प्रहरीमा पनि उजुरी परेको छ ।सुरुमा बौद्ध आसपासमा गुण्डागर्दीमा संलग्न रहेका लामाको टोलीले गोरुको मासु,वाँदरको गिदी,गैडाको खाग,हात्तीको दारा,कस्तुरीको बिनालगायतका अवैध काम गर्ने गरेको प्रहरीको भनाई छ । उनीहरुले काठमाडौंको नख्खु नजिक चाईना लङ फूड नामको कम्पनी सञ्चालन गरेर अबैध काम गरेको उनीहरुका निकटहरु बताउँछन् ।
News Desk 0 response शुक्रबार, बैशाख १६, २०७९
यो कम्पनीले नेपालमा अवैध मानिएका मासु चीनतर्फ लैजाने गरेको छ । उनीहरुको कम्पनी नेपालको दाङ तथा भारतको दिल्लीमा पनि रहेको छ । त्यसोत चीन बिरोधी बिवादास्पद धर्म गुरुको आडमा पनि लामाले अबैध काम गर्ने गरेका बताईन्छ ।

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


