

-
काठमाण्डौ : सुनचाँदीको आपूर्ति ठप्प भएपछि वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासङ्घले सरकारसँग सामूहिक आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको संयोजनमा आज आइतवार बसेको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारलाई अनुरोध गरेको हो ।
अत्यावश्यक वस्तुबाहेक अन्यको एलसी नखोल्ने बैंकहरूको गएको हप्ताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ । त्यसबाट यस क्षेत्रमा आबद्ध २० हजारभन्दा बढी व्यवसायी हजारौँ कालिगडको रोजीरोटी नै सङ्कटमा परेको उनीहरूको भनाइ छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको अवस्थामा बैंकहरूबाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई नियमित राख्न वैकल्पिक व्यवस्था अवलम्बन गर्नुपर्ने बताए । विदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्ने गरी आन्तरिक स्रोत र अन्य उपाय अवलम्बन गरी अहिलेको गर्जो टार्न सकिने उनको भनाइ छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासङ्घका अध्यक्ष सुरेशमान श्रेष्ठले पनि सरकार, सुनचाँदी व्यवसायी र उपभोक्ता सबैलाई सहज हुने गरी आपूर्तिको विकल्प खोज्नुपर्नेमा जोड दिए ।
यस्तै नेपाल हस्तकला व्यवसायी महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फी समस्या आएको भन्दै त्यसको निराकरणका लागि तीनै वटा संस्था संयुक्तरूपमा लागि पर्नुपर्ने खाँचो औँल्याए ।
सुनचाँदी क्षेत्रमा काम गर्दै आएको तीनै वटा छाता संस्थाका तर्फबाट एउटा साझा संयन्त्र बनाएर समस्या समाधानका लागि अगाडि बढ्ने सहमति भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले जानकारी दिए ।
News Desk 0 response आइतवार, बैशाख ४, २०७९

सम्बन्धित शीर्षकहरु
-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३



