

-
काठमाण्डौ : सुनको कारोबार देशभर घटेको छ । सुनको आयात नभएको र भाउ बढेसँगै सिजनको बेलामा पनि सुनको कारोबार घटेको हो ।
कोरोना भाइरसको महामारी अघि वैशाख महिनामा सुनको कारोबार दैनिक ५० किलोसम्म हुने गरेको थियो । तर, कोरोनाका कारण पोहोर र परार सालको वैशाखमा सुनको कारोबार ठप्प जस्तै भएको थियो । कोरोनाको जोखिम कम भएसँगै विवाह व्रतबन्ध सुरु भएपछि सुनको कारोबार हुन थालेको थियो ।
अहिले विवाहको लगन भए पनि भाउ बढेका कारण २५ देखि ३० प्रतिशतले कारोबार घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । विवाह, व्रतबन्धको लगन भएका बेला दैनिक ५० किलोसम्म सुनको कारोबार हुने गरेकोमा अहिले २५ देखि ३० प्रतिशतले घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।
यस्तै, आयात रोकिँदा अहिले बैंकमा सुनको मौज्दात सकिएको छ । गएको चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात रोकिएको हो । यसले गर्दा बैंकहरुमा मौज्दात सकिएको शाक्यले बताए ।
चैत २१ गते अघिसम्म बैंकहरुले दैनिक १० किलो सुन आयात गर्थे । अहिले आयात रोकिँदा नयाँ गरगहना बनाउन समस्या पर्ने भएको छ । तत्काललाई माग अनुसारको गरगहना बनाउन समस्या नदेखिए पनि आयात रोकिँदा आउने दिनमा असर पर्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घका शाक्यले बताए ।
यसैबीच, सुनको भाउ फेरि बढ्ने अनुमान गरिएको छ । सुनको भाउ अहिले तोलामा एक लाख दुई हजार रुपैयाँ छ ।
News Desk 0 response आइतवार, बैशाख ४, २०७९

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३



