

-
काठमाण्डौ : नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटमा सहभागिता जनाउँदैछ ।
आगामी जुनमा आयोजना हुने छनोटका लागि नेपाली टोलीले प्रशिक्षण सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले छनोट हुन सक्दैनौं भने पनि खेलाडीले भने उत्कृष्ट प्रदर्शनको आशा राखेका छन् । एएफसी एसियन कप छनोट प्रतियोगिताको कठिन मानिएको समूहमा रहेको नेपालले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी गरिरहेको छ । मुख्य प्रशिक्षकले छनोट हुँदैनौ भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिए पनि नेपाली टोलीका उपकप्तान रोहित चन्दले छनोटमा उत्कृष्ट प्रदर्शन गर्नका लागि योजनाबद्ध तरिकाले तयारी गरिरहेको बताए ।
नेपाल रहेको समूहमा आयोजक कुवेतसँगै नेपाल, इन्डोनेसिया र जोर्डन रहेका छन् । बलिया टोली भएकाले नेपालको छनोट सम्भावना न्यून रहेको छ । छनोटको सम्भावना कम भएपनि छनोटमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार रहेको सुजल श्रेष्ठले बताए । यस्तै विशाल राई, अनन्त तामाङ र विशाल श्रेष्ठले पनि अन्तिमसम्म पनि बलिया टोलीविरुद्ध नतिजाका लागि लड्ने प्रतिक्रिया दिएका छन् ।
लामो समयसम्म चोटका कारण मैदान बाहिर रहेका नवयुग श्रेष्ठ पनि टोलीमा फर्किएका छन् । चोटलाई भुलेर राम्रो खेल्न अवसर एएफसी एसियन कप छनोट प्रतियोगितामा भएको नवयुगले बताए । छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । यस्तै ५ समूहको उत्कृष्ट उपविजेताले पनि प्रतियोगितामा सहभागी हुने मौका पाउनेछन् ।
News Desk 0 response शनिबार, बैशाख ३, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


