• काठमाण्डौ : एएफसी फुटसल एसियन कप छनोटमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै छ ।

    खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे किर्गिस्तानको विश्केकमा रहेको गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा हुनेछ ।

    नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल उज्बेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो ।

    नेपालले अन्तिम खेल भोलि अफगानिस्तानसँग खेल्नेछ ।