

नेपालसँग ६ दशमलव ७ महिनाका लागि मात्रै पुग्ने मुद्रा सञ्चिती
अहिले सञ्चिती ११ खर्ब ७३ अर्ब अर्थात् ६ दशमलव ७ महिनाका लागि मात्रै पुग्ने छ । राष्ट्र बैंकको लक्ष्य भने सात महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चित राख्ने थियो । मुद्रा सञ्चिती तीव्र रुपमा घट्दै लक्ष्यभन्दा तल झरेपछि राष्ट्र बैंकको सुझाव अनुसार सरकारले आयातमा कडाइ गर्न लागेको छ ।
-
२०७७ पुसमा नेपालसँग १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिती थियो । जसले १२ दलशमव ६ महिनाको आयात पुग्थ्यो । अहिले यस्तो सञ्चिती ११ खर्ब ७३ अर्ब अर्थात् ६ दशमलव ७ महिनाका लागि मात्रै पुग्ने छ । राष्ट्र बैंकको लक्ष्य भने सात महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चित राख्ने थियो । मुद्रा सञ्चिती तीव्र रुपमा घट्दै लक्ष्यभन्दा तल झरेपछि राष्ट्र बैंकको सुझाव अनुसार सरकारले आयातमा कडाइ गर्न लागेको छ । महंगा मूल्यका मदिरा, मोवाइल फोन, कस्मेटिक्स सामानको आयातमा रोक लगाउन मात्र होइन, इन्धनको खपत घटाउन सार्वजनिक बिदा बढाउने तथा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । कुनकुन वस्तु आयातमा पूर्ण रोक लगाउने र कुनमा कडाइ गर्नेबारे अध्ययन भईरहेको छ ।
कोरोना महामारीका बेला अर्थतन्त्रका अधिकांश बाहृय परिसूचक सकारात्मक थिए । महामारी कम भएपछि हरेक वस्तुको खपत बढ्दा कर्जाको माग उच्च भयो । आयातका लागि ठूलो रकम बाहिरिन सुरु गरिरहेका बेला राष्ट्र बैंकले ब्याज दर पनि सस्तो नै राख्न खोज्यो । तर यसको फाइदा उठाउँदै सर्वसाधारणले उपभोग बढाए । जसका कारण आयात उच्च भयो । अब भने उपभोग घटाउनका लागि ब्याजदर बढाउने र कर्जा असुली बढाउादै आयातमा समेत कडाई गर्नुपर्ने विज्ञको सुझाव छ ।
नेपाली अर्थतन्त्र क्रमशः बिग्रदो अवस्थामा छ । अर्थतन्त्रको अवस्था सुधार गर्न सरकारले बैदेशिक रोजगारमा रहेका नेपालीलाई पैसा रेमिटान्समार्फत नेपाल पठाउन प्रोत्साहन गर्नुपर्ने छ । हुण्डी मार्फत हुने कारोवार पूर्ण रुपमा रोक्न पर्ने छ । बिलासिताका सामान जस्तै गाडी सुन बिदेशी रक्सी,बिदेशी कपडा, श्रृङ्गारका सामान,खाना लगायत खरिद बन्द गर्न पर्ने अवस्था छ ।
विदेश भ्रमणको योजना बन्द गर्न पर्नेछ । पेट्रोलियम पदार्थको खपत कम गर्न व्यक्तिगत गाडीको सट्टामा सार्वजनिक गाडी प्रयोगमा जोड दिन आवश्यक छ । साइकल प्रयोग गर्न प्रोत्साहन आवश्यक छ । पुरानो मोबाइल प्रयोग गर्न प्रोत्साहन हुनु पर्ने छ । अहिले करोडपति श्रीलंकनहरु पेट खाली भएर बसेका छन् त्यस बाट सिकेर आवश्यक तयारी गर्न पर्नेछ । तर, मेरो सरकार गर्भनर निकालेर गौरव गरिरहेको छ । उसका कार्यकर्ता यसैमा ताली बजाई रहेका छन् ।
News Desk 0 response शनिबार, चैत्र २६, २०७८

सम्बन्धित शीर्षकहरु
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३ -
इरान युद्धमा युरोपको साथ नपाएपछि ट्रम्प क्रुद्ध
आइतवार, बैशाख २०, २०८३
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३ -
इरान युद्धमा युरोपको साथ नपाएपछि ट्रम्प क्रुद्ध
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३



