

-
पाल्पा : सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु भएको छ । रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता बिहबिार छ खेल सम्पन्न भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बिच भलिबलको उद्घाटन गर्दै रानीमहल बिच भलिबलको राजधानी बनाउन सकिने बताएका छन् ।
खेलकुदको राम्रो सम्भावना बोकेको रानीमहल क्षेत्र बिच भलिबलको हब बनाउन सकिने सचिव रेग्मीले बताए । कार्यक्रममा तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउन सकिने बताए ।
महिला बिच भलिबलका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा तेस्रो हुनेलाई टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले रु ३० हजार नगद पुरस्कार दिने घोषणा गरे ।
बिहीबारदेखि सुरु खेलमा आज चार खेल हुनेछन् । चारवटा क्वार्टर फाइनलका खेल हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवाले बताए ।
पहिलो खेल सशस्त्र प्रहरीको एपिएफ र लुम्बिनीबीच हुनेछ । दोस्रो क्वार्टर फाइनल सुदूरपश्चिम र बागमतीबीच हुने छ भने तेस्रो नेपाल पुलिस क्लब र कर्णालीबीच हुनेछ । चौथो खेल गण्डकी र प्रदेश नं १ बीच हुने आयोजक सञ्जय स्मृति प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले जानकारी दिए ।
News Desk 0 response शुक्रबार, चैत्र २५, २०७८

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


