

-
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनावमा गठबन्धनमै जाने सहमति भइसकेको बताएका छन् । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई आज बुधवार चितवनमा सम्बोधन गर्दै उनले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको चुनावमा गठबन्धनमै जानुपर्ने बताए ।
दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार देश र जनताका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न क्रियाशील रहेको बताए । उनले भने, सबै आ–आफ्नो ठाउँबाट लचिलो भइ त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही हुँदैन ।
वर्षौँदेखि आफ्नो पार्टीले भूमिहीन समुदायलाई भूमिपति बनाउने सङ्घर्षको सार्थकरूपको सुरुवात आज चितवनको भरतपुरबाट सुरु भएको उनको भनाइ छ । विसं २०३६ सालमा भूमिहीनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरुवात गरेको भन्दै भूमि प्राप्तिको राष्ट्रिय अभियानलाई द्रुत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहीनलाई भूमिपति बनाउन सरकार र भूमि आयोगका पदाधिकारीलाई आग्रह गरे ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा प्रदान गरेर भूमि प्राप्तिको अभियानलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भूमिहीनहरूलाई भूमिपति बनाउने अभियानको सुरुवात भरतपुरबाट सुरु भएको भन्दै आफूले पाँच वर्ष अगाडि चुनावका बेला गरेको वाचा पूरा गर्ने प्रक्रियाको सुरुवात भएको बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिका २ आँपटारी देवकोटा चोकका भूमिहीन दलितहरूलाई पहिलो चरणमा ४६ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो । यो क्षेत्रमा ६ सय ९७ जना भूमिहीन छन् । तीमध्ये दलितले पहिलो चरणमा पुर्जा प्राप्त गरेका हुन् । एक परिवारलाई एक सय ३० वर्गमिटर नबढाइ भोगचलन गर्दै आएको जग्गा दिइएको हो ।
News Desk 0 response बुधबार, चैत्र २३, २०७८

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष सेवा विधेयक पारित
सोमवार, साउन २५, २०८३-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



