

-
काठमाडौँ : त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित श्रृङ्खलामा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले चारवटै खेलमा जित निकाल्दै आठ अङ्क जोडेको थियो । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने तेस्रो खेलमा पपुवा न्युगिनीलाई ३७ रनले तथा चौथो खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको थियो ।
यस्तै पपुवा न्युगिनी र मलेसिया दुवैले चार खेलमध्ये एकमा जित तथा तीनमा हार ब्येहोरेका थिए । पपुवा न्युगिनी रनरेटमा मलेसियालाई उछिन्दै श्रङ्खलाको फाइनलमा प्रवेश गरेको हो ।
नेपाल पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय श्रङ्खलाको बदला लिन चाहन्छ । यसअघि पपुवा न्युगिनीले कीर्तिपुर मैदानमै सम्पन्न दुई खेलको एकदिवसीय श्रङ्खला २–० ले जितेको थियो । नेपालले पहिलो एकदिवसीय खेल ६ रनले तथा दोस्रो एकदिवसीय खेल तीन विकेटले गुमाएको थियो ।
आइतबार ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेल दबावविना खेल्ने बताएका थिए । उनको कप्तानीमा नेपाल पहिलो पटक श्रृङ्खलाको फाइनलमा पुगेको हो । चारवटै खेलमा जित निकालेका कारण आफ्नो टोलीको मनोबल उच्च रहेको लामिछानेले बताए ।
यस्तै पपुवा न्युगिनीका कप्तान असद भालाले नेपालविरुद्धको फाइनल खेलमा आफ्नो टोली दबाबमा रहने बताए । एकदिवसीय खेलमा टोली अभ्यस्त रहे पनि टी–२० खेलको भने त्यति धेरै अभ्यास गर्न नपाएको उनको भनाइ थियो । टी–२० मा नेपाल र पपुवा न्युगिनीबीच हालसम्म तीन खेलमा प्रतिस्पर्धा भएको छ । नेपाल दुई तथा पपुवा न्युगिनी एउटा खेलमा विजयी भएको थियो ।
News Desk 0 response सोमवार, चैत्र २१, २०७८

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


