

-
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले रुस–युक्रेन युद्ध लम्बिँदै गएमा अमेरिकी डलर कमजोर बन्न सक्ने दाबी गरेको छ ।
आईएमएफकी प्रथम उपकार्यकारी निर्देशक गीता गोपीनाथले द फाइनान्सियल टाइम्ससँग कुराकानी गर्दै युद्ध लम्बिँदै जाँदा र रुसमाथिको आर्थिक प्रतिबन्धका कारण अमेरिकी डलरको प्रभुत्व क्रमशः कमजोर बन्दै जाने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेपछि अमेरिका र युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाइरहेका छन् । रुसले पेट्रोलियम पदार्थको भुक्तानी आफ्नै मुद्रा रुबलमा गर्न भनेको, केही देशले पहिले नै व्यापारका लागि भुक्तान गर्ने मुद्रामा डलरको अनिवार्यता हटाउन छलफल गरिरहेको र युद्धकै कारण विभिन्न प्रकारका डिजिटल मुद्राको विकास लगायतका कारण अमेरिकी डलर कमजोर बन्न सक्ने सम्भावना रहेको प्रथम उपकार्यकारी निर्देशक गीता गोपिनाथले बताएको खबरमा उल्लेख छ ।
विश्वव्यापी व्यापारमा अन्य मुद्राको अधिक प्रयोगले केन्द्रीय बैंकहरूको मुद्रा सञ्चितिमा थप विविधिता ल्याउने गोपिनाथको भनाइ रहेको छ ।
News Desk 0 response बिहिबार, चैत्र १७, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


