

-
काठमाडौँ : यु–१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–० गोलको नतिजामा पराजित भएको छ ।
भारतको जम्सेदपुरस्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा सम्पन्न खेलमा भारतलाई जित दिलाउन लिन्डा कमले दुई गोल गरिन् । यस्तै, सुजिस पट्टेल, अपूर्णा नार्जारि, पूर्निमा कुमारी, सुनिता मुर्जा र नितु लिन्डाले एक–एक गोल गरे ।
खेलको १४औँ मिनेटमा सुजिस पट्टेलले गोल गर्दै भातलाई अग्रता दिलाएकी थिइन् ।त्यसको तीन मिनेट नबित्दै भारतको अग्रता दोब्बर पार्न लिन्डा कमले दोस्रो गोल गरिन् । खेलको ३५औँ मिनेटमा लिन्डालेनै व्यक्तिगत दोस्रो गोल गर्दै भारलाई पहिलो हाफमा तीन गोलको अग्रता दिलाउन मद्दत गरिन ।
पहिलो हाफमा निरन्तर नेपाल माथि दबाब बनाएको भारतले दोस्रो हाफमा पनि नेपालमाथि दबाब बनायो । तुलनात्मक रूपमा नेपालको प्रदर्शन दोस्रो हाफमा पनि फितलो देखिएको थियो । केही अवसर बनाए पनि नेपालले त्यसलाई स्कोरमा परिणत गर्न असफल रह्यो ।
खेलको ६९औँ मिनेटमा अपूर्णाले गोल गर्दै भारतलाई ४ गोलको अग्रता दिलाइन् । यस्तै, ७६औँ मिनेटमा पूर्निमाले गोल गर्दै पाँच गोलको अग्रता कायम गरिन । त्यसको दश मिनेटपछि सुनिता मुर्जाले गोल गर्दै ६–० गोलले भारतको अग्रता बढाइन् । खेलको इन्जुरी समयमा नितु लिन्डाले गोल गर्दै भारतको जित ७–०ले सुनिश्चित गरिन् ।जितसँगै भारतले तीन अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नेपाल, भारत र बङ्गलादेश गरी तीन देशको सहभागिता रहेको खेल डबल राउन्ड रोबिन पद्धतिमा आयोजना हुनेछ । समूह चरणको खेल सकिँदा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
सन् २०१८ देखि सुरु भएको यो प्रतियोगिताको तेस्रो संस्करण हो। नेपाल पहिलो संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । यस्तै, दोस्रो संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो ।
नेपालले दोस्रो खेलमा चैत्र तीन गते बङ्गलादेश, पाँच गते भारत र ६ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
News Desk 0 response बुधबार, चैत्र २, २०७८

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


