

-
नुवाकोट : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशको हितमा भएको बताएका छन् ।
नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज सोमवार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसदबाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताए ।
‘एमसीसीलाई एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षा मन्त्री भीम रावलले मन्त्रिपरिषद्को सिफारिसमा संसदबाट पास गराउन पेस गर्नुभएको हो’, उहाँले सांसद भीम रावलप्रति टिप्पणी गर्दै भन्नुभयो, ‘एमसीसी राष्ट्रघाती भन्दै हिँड्ने उहाँ (रावल) रक्षा मन्त्री हुँदा अनुमोदनका लागि संसदमा लैजान हस्ताक्षर गर्ने अनि अहिले विरोध गर्दै हिँड्नेले त्यो समयमा किन राजीनामा नदिएको ?’
सरकारमा हुँदा एमसीसी चाहिन्छ भन्दै संसदबाट पास गर्नुपर्छ भनेर लाग्नेहरू अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेर दोहोरो चरित्र नदेखाउन प्रधानमन्त्री देउवाले आग्रह गरे ।
उनले एमसीसी नेपालको विकासका लागि निःशुल्क प्राप्त भएको अनुदान भएकाले ऋण जति पनि लिनुपर्ने, यस (एमसीसी) को त ब्याजसमेत तिर्नुनपर्ने भएकाले यो देशको हितमा छ, अहित केही पनि गर्दैन भने ।
कार्यान्वयमा केही आशङ्का देखाइएको छ भन्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नेपालको कानुनअनुसार सञ्चालन हुने हुँदा अफवाह फैलाउनेको पछि नलाग्न आग्रह गरे ।
‘एमसीसी कार्यक्रमअन्तर्गत निर्माण गरिने प्रसारण लाइनबाट बम आउँछ भन्नेदेखि पशुपतिमा समेत अमेरिकी सेना भित्रिन्छ भनेर भ्रम छरेर केही हुन्न’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘देशको विकासका लागि यसले फाइदा पुग्छ, रोजगारी सिर्जना हुन्छ, प्रतिस्पर्धामा यहीँका निर्माण व्यवसायीले नै बनाउने जिम्मा लिन पाउँछन् ।’
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव नजिक आइसकेकाले त्यसलाई भयरहित वातावरणमा निष्पक्षरूपमा गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका कार्यसम्पादन समितिका सदस्य अजुर्ननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) नेकपा एमालेका केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य हिरानाथ खतिवडालगायतका वक्ताहरूले नयाँ भवनको निर्माणले किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवामा थप गुणस्तरसहित जनतालाई सहजता पुग्ने विश्वास व्यक्त गरे ।
विभिन्न स्रोतबाट जुटाइएको चार करोड ५६ लाख रुपैयाँमा नयाँ भवन निर्माण गरिएको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । तोकिएको समयअघि नै निर्माण व्यावसायीले भवनको काम सम्पन्न गरेको हो ।
रासस 0 response सोमवार, फाल्गुन ३०, २०७८

सम्बन्धित शीर्षकहरु
-
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३
-
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३


