

-
बैतडी : दशरथचन्द नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दनपा–५ दशरथचन्द विजयी भएको छ ।
दशरथचन्दले दनपा–७ दुर्गास्थानलाई १२९ रनले पराजित गरेको हो । एक सय ९२ रनको लक्ष्य पछ्याएको दुर्गास्थानको पारी ६.५ ओभरमा सवै विकेट गुमाएर ६२ रनमै समेटियो । उसका लागि नवराज बडूले १३ र रमेश बडूले ११ रन बनाए । हारसँगै दुर्गास्थान प्रतियोगिताबाटै बाहिरिएको छ । बलिङतर्फ दशरथचन्दका जगदीश चन्द एक्लैले ६ विकेट लिए ।
त्यसअघि निङ्ग्लाशैनी खेल मैदान देहिमाडौँमा पहिला ब्याटिङ गर्दै दशरथचन्दले १८.३ ओभरमा सवै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । उसका लागि जगदीश चन्दले सर्वाधिक ३७ रन बनाए । बलिङतर्फ दुर्गास्थानका राकेश बडूले तीन विकेट लिए । दशरथचन्दका जगदीश चन्द ‘म्यान अफ दी म्याच’ घोषित भएको स्कोरर खेमराज भट्टले जानकारी दिए ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा यही फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी चैत २ सम्पन्न हुनेछ ।
उपाधि विजेता टोलीले रु ७५ हजार र उपविजेताले रु ५० हजार, ट्रफी र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताए ।
News Desk 0 response सोमवार, फाल्गुन ३०, २०७८

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


