• कैलाली : मनाङ मर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा पुगेको छ । धनगढी रङ्गशालामा आज बुधवार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा चार–दुई गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो ।

    निर्धारित समयको खेल एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टीमा हिमालयन शेर्पाका दुई जना खेलाडीले गोल गर्न सकेनन् । निर्धारित समयमा मनाङका लागि शिशिर लेखी र हिमालयन शेर्पाका सुरेश कुमालले गोल गरे ।

    मनाङले अब उपाधिका लागि भोलि बिहीवार हुने फ्रेन्ड्स र वाग्मती क्लबको विजेता टोलीसँग खेल्नेछ । फाइलन खेल आउँदो शनिवार हुनेछ ।

    सर्वाधिक राशीको खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।