

तत्कालिन आयुक्त पाठकले लिएको घुसमा काँग्रेस नेता, उपराष्ट्रपति पुत्रदेखि प्रहरी अधिकृतसम्म
अख्तियारले घुस प्रकरणमा पाठकसँगै कलेज सञ्चालक दिपक भट्टराई, पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन शुभनारायण पाठक, इन्जिनियरसमेत रहेका राजपा नेता ज्ञानेन्द्र झा, अखिल क्रान्तिकारीका नेता कैलाश मगर, नेकपाकै कार्यकर्ता ध्वजमान मोक्तान, नेपाल प्रहरीका एसएसपी धीरजप्रताप सिंह पनि निगरानीमा छन् ।
-
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले लिएको घुस काण्डमा काँग्रेस नेतादेखि उपराष्ट्रपति पुत्र हुँदै प्रहरी अधिकृतसम्म संलग्नताको रहस्य खुलेको छ ।
अख्तियारले भारत वा अन्य मुलुक भाग्नसक्ने आशंकामा घुस प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिको हुलियासहित निगरानी गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरी र अध्यागमन कार्यालयलाई निर्देशन दिएको थियो । तर आरोपित मध्येकै मुख्यपात्र न्यौपाने स्थलमार्गबाट भारततर्फ फरार भएपछि सूक्ष्म निगरानीलाई अझै बढाएको छ । अख्तियारले घुस प्रकरणमा पाठकसँगै कलेज सञ्चालक दिपक भट्टराई, पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन शुभनारायण पाठक, इन्जिनियरसमेत रहेका राजपा नेता ज्ञानेन्द्र झा, अखिल क्रान्तिकारीका नेता कैलाश मगर, नेकपाकै कार्यकर्ता ध्वजमान मोक्तान, नेपाल प्रहरीका एसएसपी धीरजप्रताप सिंह पनि निगरानीमा छन् ।
सिंह तालिमका क्रममा यतिबेला अमेरिकामा छन् । अख्तियारले तत्कालीन आयुक्त पाठकका भाइ शुभनारायण र ज्ञानेन्द्र झासँग बयान लिइसकेको छ । घुस प्रकरणको भिडियोबारे तत्कालीन गृहसचिव रहेका हालका पर्यटन सचिव मोहनकृष्ण सापकोटासँग पनि अख्तियारले कार्यालयमै बोलाएर सोधपुछ गर्ने तयारी गरेको छ ।
अख्तियारले घुसविरुद्धको अभियानमा सक्रिय बनाएको नेपाल प्रहरीको स्टिङ अपरेसन टोलीलाई पनि पाठकको निगरानीमा तैनाथ गराएको छ ।
पाठक घुस काण्डमा संलग्नता रहेकाहरु
सूर्यबहादुर केसी -कांग्रेस नेतादिपेश पुन -उपराष्ट्रपति पुत्र
मोहनकृष्ण सापकोटा – खेलकुद सचिव
धीरजप्रताप सिंह – एसएसपी
लम्बोदर न्यौपाने – कलेज सञ्चालक
शुभनारायण पाठक – पूर्वाञ्चल विश्वविद्यालय
ज्ञानेन्द्र झा – बिचौलियादिपक भट्टराई – कलेज सञ्चालक
जुजुभाइ महर्जन – कलेज सल्लाहकार
कैलाश मगर -अखिल क्रान्तिकारी
ध्वजमान मोक्तान – नेकपा कार्यकर्ता
News Desk 0 response मङ्लबार, चैत्र ५, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



