

-
लिस्तीकोट दुगुनागढी माउण्ट ट्रेल रेस प्रतियोगिता सम्पन्न भएको छ । दोस्रो पटक आयोजना गरिएको यो रेसको उपाधि नेपाली सेनाका देवराज महतले जितेका छन् । २ घण्टा १४ मिनेट ३० सेकेण्डमा निर्धारित दुरी पार गरेर उनले खुल्लातर्फको उपाधि जितेका हुन् । उनले प्रथम भएवापत एक लाख दश हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरे । १ सय १८ प्रतियोगिताले भाग लिएका थिए । प्रतियोगितामा सेनाकै श्रीकास राई द्धितीय भएका छन् । उनले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सोलुखुम्वूका सुमन कलुङ्ग तृतीय भएका छन् । उनले ५५ हजार रुपैयाँ पाएका छन् । भीम बहादुर गुरुङ्ग,राजेन्द्र राई र यागदेव राई चतुर्थ,पाँचौ,छैठौं भएका छन् । त्यस्तै महिलातर्फ सिन्धुपाल्चोकी नितु तामाङ प्रथम हुन सफल भएकी हुन् । तामाङले ३ घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरि रु ६० हजार नगद पुरस्कार जितिन् । दोस्रो र तेस्रो क्रमश सिन्धुपाल्चोकै भगवती खत्री र दोलखाकी पासाडिकी शेर्पाले ३५ हजार र २० हजार पुरस्कार पाए ।
News Desk 0 response शनिबार, फाल्गुन २१, २०७८
जिल्लातर्फ गणेशसिं ठकुरी, राहुल तामाङ र श्यामकुमार तामाङ क्रमश प्रथम, द्धितीय र तृतीय हुनु भएको छ । उनीहरुले क्रमश ः३० हजार २० हजार र १५ हजार पुरस्कार पाए । जिल्ला न्यायाधिस चन्द्रप्रकाश तिवारी, श्री नम्बर २६ का बाहिनीपति सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पुरस्कार राशी प्रदान गर्नुभएको थियो । गाउँपालिकाका तर्फबाट अध्यक्ष राजकुमार पौडेलले नगद पुरस्कारका साथै मायाको चिनो पनि प्रदान गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


