

-
काठमाण्डौ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएर नेपाल आयल निगमलाई सूची पठाएको छ । निगमले आज मङ्गलवार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्य बढेको सूची प्राप्त भएको जानकारी गराएको हो ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ८९ पैसा बढेको छ । यस्तै डिजेल तीन रुपैयाँ आठ पैसा, मट्टीतेल प्रतिलिटर १० रुपैयाँ तीस पैसा र हवाई इन्धन प्रतिलिटर तीन रुपैयाँ ३२ पैसा बढेको छ । यस्तै एलपीजी ग्यासको मूल्य प्रतिलिसिन्डर एक सय रुपैयाँ बढेर प्राप्त भएको निगमले जनाएको छ ।
आज प्राप्त भएको नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्यासमा ६ सय ६५ रुपैयाँ घाटा हुने उसले दाबी गरेको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलको खरिद लागत प्रतिलिटर एक सय ६५ रुपैयाँ ५२ पैसा, डिजेलको खरिद लागत एक सय ४४ रुपैयाँ आठ पैसा र एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर दुई हजार दुई सय सय ४० रुपैयाँ ३४ पैसा पुगेको छ ।
निगमका अनुसार अहिले कायम मूल्यमा बिक्री गर्दा निगमलाई आउँदो १५ दिनमा तीन अर्ब नौ करोड र मासिक ६ अर्ब १८ करोड रुपैयाँ घाटा हुने देखिएको छ । भारतबाट मूल्य बढेर आएको भए पनि नेपालमा भने भाउ बढेको छैन ।
News Desk 0 response मङ्लबार, फाल्गुन १७, २०७८

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



