

-
महेन्द्रनगर : महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरमा सेनाद्वारा आयोजित पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि शेरबहादुर सिंह र गोकुल बोहराको जोडीले जितेको छ ।
आज कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न फाइनल खेलमा ज्ञानु डगौंरा र चन्द्रदेव अवस्थीको जोडीलाई २१–१२, १३–२१ र २१–१२ को सेटले हराउँदै सो उपाधि जितेको हो ।
यहाँस्थित श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना एवं कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको सहकार्यमा भएको प्रतियोगितामा जिल्लाभरका २८ टोलीले सहभागिता जनाएका थिए । नागरिक–सैनिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका उपाधि विजेता, उपविजेता खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी र मेडलसहित पुरस्कृत गरिएको छ ।
उपाधि विजेता खेलाडीलाई श्री नंं २५ वाहिनी अड्डाका निमित्त वाहिनीपति महासेनानी शशिकिरण रायमाझी, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्यामसिंह चौधरी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेत लगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा डगांैरा र अवस्थीको जोडी द्वितीय भएको छ । भने भरत चन्द र धीरज चन्द एवं प्रेम सिंह भाट र प्रकाश पन्तले तृतीय स्थान हासिल गरेको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १७, २०७८

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


