

-
सिन्धुपाल्चोक : स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आयोजना गरेकोे २० ओभरको जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।
आज दुई खेल सञ्चालन गरिने छ । गाउँपालिका र जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।
गाउँपालिकाले विसं २०७४ देखि निरन्तर ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिता’को तीनवटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । कोरोना महामारीका कारण चौथो संस्करण स्थगन भएकामा सो प्रतियोगितालाई प्रोत्साहन गर्न गाउँपालिकाका आठवटै वडामा क्रिकेटका सामग्री वितरण गरिएको छ ।
विगत वर्षमा गाउँपालिकामै सञ्चालन भइरहेको उक्त प्रतियोगितालाई अहिले काठमाडौँको मूलपानीस्थित क्रिकेट रङ्गशालामा गर्न लागिएको खेलकुद विकास समितिले जानकारी दिएको छ ।
प्रतियोगिता यही २२ गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा सिन्धुपाल्चोकका सात टोलीको सहभागिता छ । प्रतियोगितामा विजेता र उपविजेता हुने टोलीले क्रमशः रु ७५ हजार र ४० हजारसहित पदक तथा प्रमाणपत्र र प्रतियोगिताभर सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
News Desk 0 response आइतवार, फाल्गुन १५, २०७८

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


