

-
काठमाडौँ : प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएकोे छ ।
पश्चिमी वायुको प्रभावले बिहानैदेखि देशभरको आकाशमा बाक्लो तुवालो र हुस्सु÷कुइरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने अन्तरराष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको छ ।
विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंका अनुसार विशेषगरी देशको पूर्वी तराई भेगका विमानस्थलमा उडान प्रभावित भएको छ । अहिले विराटनगर, जनकपुर र सिमरामा उडान हुनसकेको छैन । विमानस्थलको पछिल्लो विवरणमा नेपालगञ्ज, भैरहवा र पोखरा विमानस्थलमा उडान सुचारु भएको छ ।
एयरलाइन्स कम्पनीका अनुसार प्रतिकूल मौसमले कतिपय विमानस्थल अझै खुलेका छैनन् । केही विमानस्थल ढिलोगरी खुलेकाले तीन घण्टासम्म उडान ढिलो भइरहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।
उनका अनुसार भरतपुर विमानस्थल बिहान ११ः३५ बजे र विराटनगर विमानस्थल २ बजे मात्रै खुलेको छ । खुलेका विमानस्थलमा भने नियमित उडान भइरहेको जनाइएको छ ।
News Desk 0 response बिहिबार, माघ ६, २०७८

सम्बन्धित शीर्षकहरु
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



