नेपालमा नयाँ प्रधानमन्त्री हुनासाथ सर्वप्रथम छिमेकी मुलुक भारतले बधाइ दियो कि दिएको छैन ? यो प्रश्न ज्वलन्त रहने गर्छ । गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि भारतको शुभकामना आएको÷नआएको विषयमा चनाखो भएर हेरिररहेका थिए । तर हिजो आइतबार राति देउवाले विश्वासको मत पाएसँगै भारतीय समकक्षी नरेन्द्र मोदीको शुभकामना पनि पाएका छन् ।
मोदीले आइतबार राति साढे १० बजे आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेक, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र सफल कार्यकालको शुभकामना। दुई देशबीच सबै क्षेत्रहरूमा रहँदै आएको विशिष्ट साझेदारीलाई थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउन म तपाईंसँग सहकार्यको अपेक्षा गर्दछु।’ मोदीले फोन गरेर पनि देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले पनि मोदीको त्यही ट्वीट ‘कोट’ गर्दै त्यसमाथि आफ्नो धन्यवाद सन्देश लेखेका छन्।
देउवाले आफ्नो सन्देशमा भनेका छन्– ‘नरेन्द्र मोदीजी, तपाईंको शुभकामना नोटको निम्ति धेरै धन्यवाद। दुई देश र जनताबीचको सम्बन्ध सुदृढ तुल्याउन म तपाईंसँग निकट सहकार्यको अपेक्षा राख्छु।’
Thank you very much, Prime Minister @narendramodi Ji, for your congratulatory note. I look forward to closely working with you to strengthen the relationship between our two countries and people. https://t.co/rJIElX1ytY