

-
लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबार स्रोतले घोषणा गरेको छ ।
सन् १९४७ मा एलिजावेथसँग बिहे गरेका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताएको राजदरबार स्रोतले पुष्टि गरेको छ । उनीहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथलाई महारानी बनेकी थिइन् ।
बेलायतको बकिङ्गम रादरबारले राजकुमार फिलिपको मृत्यु भएको पुष्टि गर्न जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान् ‘ड्यूक अफ एडिनबरा’ राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी थिइन् ।” “फिलिपको शुक्रबार बिहान ‘विन्डसर क्यासल’ मा निधन भएको छ ।”
द ड्यूक अफ एडिनबराको उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उनको निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनातिपनातिनीहरू छन् ।
राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१, जुन १० मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा हुन् । एजेन्सी
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३
-
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


