

-
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई आज पदको शपथ गराएकी छन् । प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराए ।
समारोहमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानूनमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभामा विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता, प्रदेशका मुख्य न्यायाधिवक्ता, कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित थिए ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश लोकसेवा आयोग ऐन २०७६ बमोजिम प्रदेशप्रमुख पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका पदाधिकारीलाई यही चैत ९ गते नियुक्त गर्नुभएको थियो । डडेलधुरा जिल्लाको अजयमेरु–४ निवासी आयोगका नवनियुक्त अध्यक्ष बोहरा यसअघि कैलाली जिल्लाको प्रजिअ थिए ।
यस्तै, आयोगका नवनियुक्त सदस्य खड्का अछाम जिल्ला साँफेबगर–१० र अर्का सदस्य राना कञ्चनपुर लालझाडी–१० निवासी हुन् । नेपालको संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोगसम्बन्धी व्यवस्था गरिएको छ । रासस
News Desk 0 response बुधबार, चैत्र १८, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी र केन्द्रीय..
शुक्रबार, मंसिर २७, २०८२ -
भदौ २४ को उपद्रवमा संलग्न आरोपमा पक्राउ..
शुक्रबार, मंसिर २७, २०८२ -
अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले..
शुक्रबार, मंसिर २७, २०८२ -
चीनले नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा..
शुक्रबार, मंसिर २७, २०८२ -
एमाले सचिवालय बैठक बस्दै, सचिवालय बैठक पेचिलो..
शुक्रबार, मंसिर २७, २०८२
-
एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी र केन्द्रीय..
शुक्रबार, मंसिर २७, २०८२ -
भदौ २४ को उपद्रवमा संलग्न आरोपमा पक्राउ..
शुक्रबार, मंसिर २७, २०८२ -
अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले..
शुक्रबार, मंसिर २७, २०८२ -
चीनले नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा..
शुक्रबार, मंसिर २७, २०८२ -
एमाले सचिवालय बैठक बस्दै, सचिवालय बैठक पेचिलो..
शुक्रबार, मंसिर २७, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२



