

-
काठमाडौं । नेपाल पुलिस क्लब काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ मेयर–११ लाई १०३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।
पुलिस क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनायो । एक सय ९८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौँ मेयर ११ ले ३१ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो ।
काठमाडौँ मेयर ११ का लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए । यस्तै कृष्ण कार्कीले १९ तथा सिद्धान्त लोहनीले १८ रन बनाए । बलिङतर्फ पुलिसका पवन सर्राफले चार, दीपेन्द्रसिंह ऐरीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसका लागि योगेन्द्रसिंह कार्कीले सर्वाधिक ४० रन बनाए । यस्तै कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ तथा दिलीप नाथले १२ रनको योगदान दिए । बलिङतर्फ काठमाडौँ मेयर ११ का सन्दीप लामिछाने, हरिशङ्कर साह र विपिन खत्रीले समान तीन–तीन विकेट लिए । खेलको प्लेयर अफ दी म्याच पुलिसका पवन सर्राफ घोषित भए ।
प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो । जितसँगै पुलिस चार खेलमा छ अङ्क जोड्दै फाइनलमा पुग्न सफल भएको हो । शीर्ष स्थानमा रहेको पुलिसले पहिलो खेलमा वाग्मती प्रदेशलाई हराएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो । पुलिसले तेस्रो खेलमा आर्मीलाई पराजित गरेको थियो । काठमाडौँको यो दोस्रो हार हो । काठमाडौँले तीन खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा काठमाडौँ मेयर ११ ले वाग्मती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा काठमाडौँ मेयर ११ आर्मीसँग पराजित भएको थियो । रासस
News Desk 0 response बुधबार, फाल्गुन २६, २०७७

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


