• काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८०० मा कारोवार भएको थियो ।

    यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।