

-
काठमाडौं । भन्सारमा कार्यरत चिनियाँ कामदार ल्होसार मनाउन गएपछि चीनसँगको व्यापारिक दुई नाका बन्द भएका छन् । ल्होसारका कारण सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सार कार्यालयमा हुँदै आएको आयात रोकिएको छ ।
कोरोनाका कारण लामो समय बन्द भएर एकतर्फी रुपमा पुनः सञ्चालनमा आएका दुवै नाका ल्होसारका कारण बन्द हुँदा नेपालमा हुँदै आएको आयात ठप्प भएको छ । चिनियाँ ल्होसारका कारण बिहीबारबाट रसुवागढी नाका बन्द भएको हो । केरुङमा रहेका कामदार ल्होसार मनाउन गएपछि नेपालमा हुने आयात रोकिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार चिनियाँ भन्सार अधिकारीले करिब १० दिनसम्म आयात रोकिन सक्ने सम्भावना रहेको जानकारी दिएका छन् । बुधबारसम्म दैनिक ५ कन्टेनर सामग्री आयात भएको थियो । कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
नेपाल–चीन सीमा क्षेत्रमा पर्ने मितेरी पुल मर्मतका कारण २० दिन बन्द भएर पुनः सञ्चालनमा आएको तातोपानी नाका ल्होसारका कारण फेरी बन्द भएको छ । गत माघ ८ गतेदेखि बन्द नाका माघ २७ गतेदेखि पुनः सञ्चालनमा आएको थियो । पुनः सञ्चालनमा आएको दुई दिनपछि चिनियाँ कामदार ल्होसार मनाउँन जादा गत शुक्रबारबाट उक्त नाका बन्द भएको छ ।
फागुन ५ गतेसम्म नाका बन्द हुनसक्ने जानकारी आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मितेरी पुलको मर्मत पछि दुई दिनमा १४ कन्टेनर नेपाल प्रवेश गरेका थिए ।
ल्होसार मनाएर चिनियाँ कामदार नाकामा फर्किएपछि दैनिक नेपाली ३० कन्टेनर सामान आउने जानकारी आएको उनले जानकारी दिए । उनका अनुसार प्रत्यक वर्ष ल्होछार मनाउन चिनियाँ कामदार गाउँ फर्किदा नाका बन्द हुनेगर्छ । “चिनियाँले ल्होसारलाई ठूलो चार्डपर्वका रुपमा मनाउँदा केही समय आयात रोकिएको हो, यो प्रत्यक वर्ष हुने नियमित प्रक्रिया हो”, उनले भने ।
लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनःसञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा सञ्चालनमा आएपनि चिनियाँ पक्षको अवरोधका कारण न्यून मात्रामा तातोपानी नाकाबाट सामग्री भित्रने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।
News Desk 0 response आइतवार, फाल्गुन २, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



