

-
कोरोनाको महामारीबीच विगतमा जस्तो एकै व्यक्तिबाट किलोका किलो सुन तस्करी भएको भेटिएको छैन । तर तस्करी भने रोकिएको छैन । लामो समयपछि स्वेदश फर्किनेहरु थोरै पैसाको लोभमा अर्काको भरिया बनेर फस्ने गरेका छन् ।
कोरोना महामारीले पाँच महिना ठप्प त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अहिले पनि सामान्य अवस्थामा जस्तो हुन सकेको छैन । सुन तस्कर भने यसैलाई मौकाको रुपमा प्रयोग गर्ने प्रयासमा छन् । विमानस्थलबाट सुन भित्र्याउन तस्करले अनौठो शैली अपनाउन थालेको भेटिएको छ ।करिब एक महिनाअघि फ्लाई दुबईको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ्लमा अवतरण गर्यो । जहाजबाट अन्य यात्रुसँगै विष्णुप्रसाद दुलाल पनि आगमन कक्षतिर आए । उनले ल्याएको लगेज एक्सरे मेसिनमा राखियो । लगेजमा अन्य सामानसँगै तेलका तीन वटा बोतल थिए । ओलिभ आयल नामका तीनवटै बोतल पूर्णरुपमा सिलबन्दी गरिएकाले शंका गर्ने ठाउँ थिएन । तर एक कर्मचारीले नियालेर हेर्दा तेलको भन्दा अलिक भिन्न रंग पाए । त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो । प्रयोगशाला परीक्षणबाट सबैलाई चकित तुल्याउने नतिजा आयो । हो, बोत्तलमा तेल होइन, सुन थियो । तीनवटा वोत्तलबाट साढे दुई किलो सुन बरामद भयो । माघ ११ मा कतार एयरको जहाजमा दुबईबाट आएका सरोज गुरुङको झोलामा बच्चालाई लगाउने डाइफर थियो । तर अनौठो, डाइफरमा खिपभित्र सुन भेटियो । दुबईबाटै आएका अर्का यात्रुको साथमा पाँच वटा मोबाइल थिए । सबै मोबाइल सामान्य देखिए पनि पुरानो शैलीको नोकियामा भने एक्सरेले गडबडी देखायो । खोलेर हेर्दा केही देखिएन । मोबाइलको ब्याट्री राख्ने ठाउँमा कार्बनभित्र २ सय ग्राम सुन राखेको पाइयो । यी केही प्रतिनिधि उदाहरण हुन् । सुन तस्करीमा नयाँ प्रयोग बढेको छ । विमानस्थलमा चाप नभएकाले हरेक यात्रुले ल्याएका सामानको सुक्ष्मरुपमा जाँच गर्दा सुन तस्करीको नयाँ प्रयोग खुलेको हो । मंसीरयता मात्र प्रहरीले पत्यारै नलाग्ने शैलीबाट ल्याइएको चार किलो सुन बरामद गरेको छ ।
News Desk 0 response मङ्लबार, माघ २०, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



