• काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला ५०० ले उकालो लागेको छ । प्रतितोला ९२ हजारमा मङ्गलबार कारोवार भएकोमाआज तोलामा ५०० ले उकालो लागेर ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै चाँदी तोलामा नै १५ ले वृद्धि भएको छ । चाँदी तोलामा एक हजार २४५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी तोलामा आज एक हजार २६० मूल्य निर्धारण भएको छ ।