

-
वासिङ्टन । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको थियो ।
टेस्लाका अनुसार बर्षभरिमा ४ लाख ९९ हजार ५५० थान कार बिक्री भएको छ । कम्पनीले ५ लाख ९ हजार ७३७ थान कार उत्पादन गरेको थियो ।
टेस्लाका प्रमुख इलोन मस्कले कम्पनीका लागि यो निकै महत्वपूर्ण कोशेढुंगा भन्दै सन्तोष व्यक्त गर्नु भएको छ । मस्कले ट्वीट गर्दै आफ्ना विद्युतीय कारले बजारमा १० प्रतिशत मात्र सफलता प्राप्त हुने आँकलन गरे पनि ग्राहकले आफ्ना कारलाई अत्यधिक रुचाएको बताएका छन् ।
टेस्लाका मोडेल ३ र मोडेल वाईको बिक्री झण्डै ८६ प्रतिशत रहेको कम्पनीले जनाएको छ । टेस्लाले अत्यन्त आरामदायी मोडेल एस सेडान र मोडेल एक्स एसयुभी पनि उत्पादन गरिरहेको छ ।
कम्पनीले चीनको साङ्घाई प्लान्टबाट मोडेल वाईको उत्पादन शुरु भएको जनाएको छ ।
विश्वकै दोस्रो सर्वाधिक धनी व्यक्ति मस्कले कारका लागि अति आवश्यक ब्याट्रीमा अझ सुधार ल्याउन प्रयत्न भइरहेको बताए । उनले आम सर्वसाधारणलाई विद्युतीय कारहरु बिक्री गर्न चाहेको बताएका छन् । तीन वर्षभित्रै टेस्लाका कारहरुको मूल्य २५ हजार डलरको आसपासमा ल्याउने टेस्लाको योजना छ ।
विद्युतीय कार उत्पादन र बजार हिस्साका दृष्टिमा टेस्लाको उपस्थिति अन्य कार उत्पादकहरु जनरल मोटर्स, फोर्ड, टोयोटा, होन्डा, फिएट क्रिस्लर र भक्सवागनको भन्दा बढी रहेको छ । एजेन्सी
News Desk 0 response सोमवार, पुस २०, २०७७

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



