

-
कावासोती । सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रम नवलपुरका प्रमुख वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताए ।
नवलपुरमा यस वर्ष करिब २० हजार टन सुन्तला उत्पादन भएकोे छ । गत वर्ष जिल्लामा २२ हजार ३८ टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष सुन्तला उत्पादनमा करिब १० प्रतिशतले कमी आएको शर्माले जानकारी दिए । यस वर्ष सुन्तला बिक्रीबाट करिब आठ करोडको कारोवार हुने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा सुन्तला बिक्रीबाट नौ करोड आम्दानी भएको थियो । गत वर्ष किसानले थोक मूल्य सरदर ३० देखि ४० प्रतिकिलो मूल्यमा बिक्री गरेका थिए । यस वर्ष सुन्तलाको मूल्यमा खासै गिरावट आएको छैन । यस वर्ष सरदर ५० देखि ६० प्रतिकिलो किसानले थोकमा बिक्री गरिरहेको शर्माले जानकारी दिए । मूल्यमा यस वर्ष वृद्धि भएकाले उत्पादनमा कमी आए पनि आम्दानीमा भने धेरै फरक नआएको उनको भनाइ छ ।
जिल्लाको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूलको राम्रो उत्पादन हुँदै आएकाले त्यसको उत्पादनलाई वृद्धि गराउँदै, व्यावसायीकरण गराउनका लागि यहाँ आर्थिक वर्ष २०७५/७६ बाट १० वर्षे जोन परियोजना शुरु भएको हो ।
बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाको ४, ५ र ६ नं वडा, देवचुली नगरपालिका–६, गैँडाकोट नगरपालिका–१८ र हुप्सेकोट गाउँपालिका–५ मा कार्यक्रम लागू भएको छ । पाँच सय ३१ हेक्टर क्षेत्रफलमा यहाँ सुन्तला जात फलफूल खेतीको बगैँचा रहेको भए पनि उत्पादनशील क्षेत्रफल भने १८१ हेक्टर मात्रै रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख शर्माले बताए ।
परियोजनाअन्तर्गत समूह, सहकारीको विवरण अद्यावधिक गर्ने, बगैँचा व्यवस्थापन गर्ने, १०० हेक्टर क्षेत्रफल विस्तार गर्ने, सिँचाइ र गोठ सुधारका कार्यक्रम भइरहेको छ । अहिले जिल्लाको दुई स्थानमा सुन्तला र कागतीको नर्सरी निर्माणको कामसमेत थालनी गरिएको छ । सुन्तला र कागतीका बिरुवा अन्यत्रबाट ल्याउनुपर्दा बिरुवा मर्ने, लागत महङ्गो पर्ने गरेकाले यस वर्षबाट जिल्लाको मध्यविन्दुमा कागती नर्सरी र बौदीकालीमा सुन्तलाको नर्सरी निर्माण शुरु गरिएको कार्यालय प्रमुख शर्माले बताए । रासस
News Desk 0 response मङ्लबार, पुस १४, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



